+01 - 5104532,

Subidhanagar Tinkune

ऋणी तथा जमानकर्ताहरुको नाममा कर्जा चुक्ता गर्न आउने ३५ दिने सूचना

सन बचत तथा ऋण सहकारी प्रा.लि.

सुविधानागर, कोटेश्वर, वार्ड नं.३२, काठमाडौं

ऋणी तथा जमानकर्ताहरुको नाममा कर्जा चुक्ता गर्न आउने ३५ दिने सूचना

यस संस्थाबाट बिभिन्न मितिमा कर्जा लिई समयमै नियमित/चुक्ता नभई भाखा नाघेका कर्जाका ऋणी, धितो दाता तथा ब्यक्तिगत जमानतदाताहरुले COVID  19 को कारण देश LOCK DOWN मा जानु अगावै देखि नै कर्जा नियमित/चुक्ता नगरेको सन्दर्भमा त्यस्ता सम्पूर्ण ऋणी, धितो जमानकर्ता तथा व्यक्तिगत जमानकर्ताले यस संस्थामा संम्पर्क राखि यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र कर्जा नियमित/चुक्ता गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यस सूचनालाई बेवास्ता गरि कर्जा अनियमित नै राखेमा संस्थाले आफ्नो लेना बाँकी रकम असुलीका लागि संस्थाको नियमानुसार ऋणी, धितो जमानकर्ता वा व्यक्तिगत जमानकर्ताहरुको फोटो सहितको तीनपुस्ते नामनामेसी सूचना प्रकाशन, कालो सूचीमा नाम समाबेश, धितो लिलामि, संस्था आफैले धितो सकार गर्ने लगायतका सम्पूर्ण असुली कारवाही अगाडी बढाउने व्यहोरा ऋणी, धितो जमानकर्ता वा व्यक्तिगत जमानकर्ता समेतलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । अःत आफूले उपभोग गरेको कर्जा तोकिएको समय भित्र नियमित/चुक्ता गरी संस्था संगको पूर्वबतः सम्बन्धलाई निरन्तरता दिनहुन अनुरोध छ ।

संस्थाको वेवसाइट र फेसबुकमा सूचना प्रकाशित मितिः २०७७ श्रावण २५ गते आइतवार