संस्थाको १२ औं बार्षिक साधारण सभा बस्ने सूचना
सन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सुविधानगर
फोन नं. ५१०४५३२
२०७७।०७।२४ गते
संस्थाको १२ औं वार्षिक साधारण–सभा बस्ने सूचना
मिति २०७७।०७।०४ गते बसेको सञ्चालक समितिको निर्णयानुसार सहकारी विभागबाट मिति २०७७।०६।०१ गते जारी भएको सहकारी संस्थाको साधारण सभा सम्वन्धी सूचना बमोजिम संस्थाको १२ औं वार्षिक साधारण सभा देहायका बिषय सूचिहरुमा छलफल गर्न देहायका स्थान,मिति र समयमा बस्ने भएकोले सबै शेयर सदस्यज्यूहरुको जानकारी एवं उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा बस्ने मिति, समय र स्थान ः
मिति ः २०७७ मार्ग २७ गते शनिवार ।
समय ः विहान १०ः३० वजे ।
स्थान ः संस्थाको कार्यलय, सुविधामार्ग सुविधानगर, काठमाडौं –३२ ।
छलफलका विषयहरु ः
१. सामान्य प्रस्तावहरु ः
(क) सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूबाट वार्षिक प्रतिवेदन पेश गर्ने र त्यस उपर छलफल गरी पारित गर्ने ।
(ख) संस्थाका लेखा सुपरीबेक्षण समितिको संयोजकज्यूबाट प्रतिवेदन पेश गर्ने ।
(ग) आ.व.२०७६।०७७ को लेखापरीक्षकको प्रतिवेदन कोषाध्यक्षज्यूबाट पेश हुने र त्यस माथि छलफल गरी पारित गर्ने ।
(घ) सञ्चालक समितिले सिफारिस गरे वमोजिम कोषाध्यज्यूबाट आ.व. २०७७।२०७८ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन एवं स्वीकृत गर्ने ।
(ङ) नियमित कारोवार सञ्चालन गर्न सञ्चालक समितिले आ.व. २०७६।२०७७ मा गरेको सम्पूर्ण निर्णयहरु समर्थन गर्ने ।
(च) शेयर सदस्यहरुलाई सञ्चालक समितिको सिफारिस बमोजिम संस्थाबाट लाभांस बापत बितरित रकम स्वीकृत गर्ने ।
(छ) आ.व. २०७७।०७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमीक निर्धारण गर्ने ।
(ज) सञ्चालक समितिले सिफारिस गरे वमोजिम संस्थाको आर्थिक तथा प्रशासनिक निित २०७७, साधारण सभा सञ्चालन कार्यविधि २०७७, बचत तथा ऋण नीति २०७७, सहकारी विनियम २०६५ लाई संसोधन र परिमार्जनका लागि पुनः लेखन गरिएको विनियम २०७७, निर्वाचन कार्यविधि २०७७, कर्मचारी प्रशासन नियमावलि २०७७ र सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यविधि २०७७ अनुमोदन गर्ने ।
(झ) निर्णय पुस्तिकामा हस्ताक्षरको लागि सदस्यहरु मध्येबाट दश जना प्रतिनिधि छनौट गर्ने ।
(ञ) विविध ।
२. साधारण सभा सम्बन्धी अन्य जानकारी ः
क) शेयर सदस्यहरुको सुविधाको लागि उपस्थिति पुस्तिका संस्थाको कार्यलयमा २०७७ मार्ग ७ गते.आइतवार देखि २०७७ मार्ग १२ गते शुक्रबार सम्म बिहान ११ः०० बजेदेखि अपरान्ह २ः३० बजे सम्म खुल्ला राखिने भएकोले उपयुक्त समयमा उपस्थिति जनाउन हुन अनुरोध छ ।
ख) १२ औं साधारण सभाको विस्तृत प्रतिवेदन १५ दिन अगावै संस्थाको वेभ साइटमा राखिने छ ।सोहीलाई अध्ययन गरी प्रतिवेदन सम्बन्धमा सदस्यहरुको सल्लाह , सुझाव र संसोधन प्रस्ताव भए तोकिएको दिन उपस्थित हुन वा साधारण सभा हुने ७ दिन अगावै लिखित रुपमा जानकारी गराउन हुने छ ।
ग) साधारण सभा तोकिएको दिन सदस्यहरुको प्रत्यक्ष सहभागिता जनिने गरी विद्युतिय माध्यमबाट व्यबस्था गरिने र सो को सूचना संस्थाको कार्यालयबाट उपलव्ध हुनेछ ।
(घ) नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी सुरक्षामापदण्डको पूर्ण पालनाका लागि उपस्थित् हुनुहुने सम्पूर्ण सदस्यमहानुभावहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्न हुन, भौतिक दुरी कायम गर्नहुन, साबुन पानी वा स्यानिटाइजर प्रयोग गर्नहुन अनुरोध गर्दछौं ।
आज्ञाले
सचिव
