संस्थाको १४ औं वार्षिक साधारण–सभा बस्ने सूचना
२०७९।०४।१३ गते
मिति २०७९।०३।१८ गते बसेको सञ्चालक समितिको निर्णयानुसार सन बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा देहायका बिषय सूचिहरुमा छलफल गर्न देहायका स्थान, मिति र समयमा बस्ने भएकोले सबै शेयर सदस्यज्यूहरुको जानकारी एवं उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा बस्ने मिति, समय र स्थान ः
मिति ः २०७९ भाद्र १८ गते शनिवार ।
स्थान र समय ः ताज ब्याङ्केट सुविधानगर तीनकुने , काठमाडौं –३२ , विहान ११ वजे
छलफलका विषयहरु ः
(१) सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूबाट वार्षिक प्रतिवेदन पेश गर्ने र त्यस उपर छलफल गरी पारित गर्ने ।
(२) संस्थाका लेखा सुपरीबेक्षण समितिको संयोजकज्यूबाट प्रतिवेदन पेश गर्ने ।
(३) आ.व.२०७८।२०७९ को लेखापरीक्षकको प्रतिवेदन कोषाध्यक्षज्यूबाट पेश हुने र त्यस माथि छलफल गरी पारित गर्ने ।
(४) सञ्चालक समितिले सिफारिस गरे वमोजिम कोषाध्यज्यूबाट आ.व. २०७९।०८० को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत, अनुमोदन एवं स्वीकृत गर्ने ।
(५) नियमित कारोवार सञ्चालन गर्न सञ्चालक समितिले आ.व.२०७८।२०७९ मा गरेका सम्पूर्ण निर्णयहरु समर्थन गर्ने ।
(६) शेयर लाभांस सम्बन्धमा
(७) कर्मचारी बोनस सम्बन्धमा ।
(८) आ.व.२०७९।८० को लागि लेखा परीक्षक तथा बैकल्पिक लेखा परीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने ।
ं(९) निर्णय पुस्तिकामा हस्ताक्षरको लागि सदस्यहरु मध्येबाट आठ जना प्रतिनिधि छनौट गर्ने ।
(१०) संचालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन ।
साधारण सभामा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी ः
नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी सुरक्षामापदण्डको पूर्ण पालनाका लागि उपस्थित् हुनुहुने सम्पूर्ण सदस्यमहानुभावहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्न हुन, भौतिक दुरी कायम गर्नहुन र स्यानिटाइजर प्रयोग गर्नहुन अनुरोध गर्दछौं ।
सचिव
