+01 - 5104532,

Subidhanagar Tinkune

सन बचत तथा ऋण सहकारी लिमिटेडका सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

सन बचत तथा ऋण सहकारी लिमिटेडका सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ( कोभिड–१९ ) को कारण भएको लकडाउनलाई नेपाल सरकारले बित्तिय क्षेत्रलाई ब्यक्तिगत र सामाजिक सुरक्षा लाई ध्यानमा राख्दै संचालन अनुमति दिएको हुंदा यस संस्थाले निम्नानुसार सदस्य सेवालाई निरन्तरता दिएको जानकारी गराईन्छ ।

१.        यस संस्थाको कार्यलय आईतवार, मंगलवार र शुक्रवार संचालन हुंदै आएकोमा २०७७ आषाढ १ गते देखि बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म संचालन भईरहको छ ।

२.       २०७७ आषाढ १ गते देखि बजार प्रतिनिधिहरुले तपाईहरुको घर तथा पसलहरु वाट दैनिक रकम संकलन गर्न सुरु गरि सक्नु भएकोले सामाजिक दुरी कायम गरि सहयोग गरी दिन हुन अनुरोध गरिन्छ ।

३.       ऋणी सदस्यज्यूहरुको लागि प्रदान गर्दै आईरहेको ब्याज तथा हर्जना छुट सुविधा पूर्व जारी सूचना अनुसार यथावत रहेको जानकारी गराउँदै सकेसम्म यस अवसरको लाभ उठाउन हुन सम्वन्धित सवैलाई अनुरोध गरिन्छ ।

४.       ऋणको सांवा व्याज भूक्तान गर्न वा बचत गर्न संस्थासम्म उपस्थित हुन नसक्ने सदस्यज्यूहरुले कार्यलय समयमा संस्थाको फोन नं ५१०४५३२ मा सम्पर्क गरी संस्थाको बैंक खाता मार्फत भूक्तानी वा बचत गर्न सक्नु हुने छ ।

५.       आषाढ मसान्त संस्थाको वार्षिक क्लोजिङ्गको समय समेत भएकाले विशेषत ऋणी सदस्यज्यूहरुलाई आफ्नो ऋणको सांवा तथा व्याज भुक्तानीमा अग्रसरता देखाउन भई संस्थालाई सहयोग गर्न हुन विनम्र अनुरोध गरिन्छ ।

धन्यबाद ।         

कोरोनाको संक्रमणवाट ,आफू पनि बचौं अरुलाई पनि बचाऔं