हाम्रो सन बचत तथा ऋण सहकारी संस्थाको सदस्यहरुलाई अन्यन्त जरुरी सूचना
दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरूलाई सहकारी विभागको सुचना
सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुन’अघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्ष्भित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्न’पर्ने व्यवस्था भएको बेहोरा विदितै छ । सहकारी ऐन, २०७४ मिति २०७४ साल कात्तिक १ गतेदेखि जारी भएकाले कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिनु भएको भए २०७७ साल असोज मसान्तभित्रै आफुले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्न हुन अनरोध छ । सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यहरूलाई अवगत गराएर तदनुसार गर्ने, गराउने व्यवस्था मिलाउन हुन सचित गरिन्छ । अन्यथा कानुन बमोजिम कारबाई गरिने बेहोरा समेत जानकारी गराइन्छ ।
पुनश्चः उपरोक्त सूचना वमोजिम हाम्रो सहकारी संस्थाको सदस्यहरुलाई हाम्रो कार्यालय, सुविधानगर, (टेलिफोन ५१०४५३२) मा तुरुन्तै आफै आएर सम्पर्क गरी एक मात्र सहकारी सदस्यता लिनको लागि हार्दिक अनुरोध गर्दछौं ।
