सम्पूर्ण सदस्यमहानुभावहरुलाई दशैंमा कार्यालय बन्द हुने सूचना
सर्वप्रथम हाम्रो सहकारी संस्थाको तर्फबाट यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य महानुभावहरुलाई विजय दशमी २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यो वर्ष विशेषतः कोरोना भाईरस ( कोभिड–१९ ) को महामारीको कारणले यस कोरोनाको संक्रमणवाट आफू पनि बचौं र अरुलाई पनि बचाउने गरी यस महान दशैं चाडपर्व सुरक्षित भई मनाउनु हुन अनुरोध गर्दछौं ।
यस दशैंमा हाम्रो कार्यालय निम्न अवधिको लागि बन्द हुने सूचित गर्दछौं ।
- भोलि मिति २०७७ कार्तिक ७ गते, शुक्रवार देखि १५ गते, शनिश्चर बार सम्म
नियमित सेवा संचालन:
मिति २०७७ कार्तिक १६ गते आइतवार देखि कार्यालय विहान ११ बजे देखि दिउंसो ३ बजे सम्म नियमित सेवा संचालन हुने व्यहोरा पनि जानकारी गराउंदछौं ।
सदस्य महानुभावहरुको सहयोग र सदभावको लागि धन्यवाद सहित व्यवस्थापन आभार प्रकट गर्दछ ।
