+01 - 5104532,

Subidhanagar Tinkune

Counter Opening Asadh 06, 2078

Counter Opening Asadh 06, 2078

सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना

 कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बैशाख १६ देखि जारी निषेधाज्ञा २०७८ आषाढ ८ गते मंगलबार बाट जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो पार्ने जिल्ला प्रशासन कार्यलयको निर्णयानुसार यस संस्थाको कार्यालय पनि देहाय बमोजिम संचालन हुने ब्यहोरा सम्पूर्ण सदस्यमहानुभावहरुलाइ सूचित गरिन्छ ।

 १.     यस संस्थाको कार्यालय सार्वजनिक बिदा बाहेक आईतवार देखि  बिहिबार बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म र शुक्रबार बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म खुल्ला रहने छ ।

२.   २०७८ आषाढ ८ गते देखि बजार प्रतिनिधिहरुले तपाईहरुको घर तथा पसलहरु वाट दैनिक रकम संकलन गर्न सुरु गरी सक्नु भएकोले स्वास्थ्यको मापदण्ड पालना गरी सहयोग गरी दिन हुन अनुरोध गरिन्छ ।

३.     ऋणी सदस्यज्यूहरुको लागि निषेधाज्ञा अवधिभरको संस्थाले प्रदान गर्ने ब्याज तथा हर्जना छुट सुविधाकोे लाभ, संस्थाको कार्यलयमा सम्पर्क गरी उठाउन हुन सम्वन्धीत सवैलाई अनुरोध गरिन्छ ।

४.     आषाढ मसान्त संस्थाको वार्षिक क्लोजिङ्गको समय समेत भएकाले विशेषत ऋणी सदस्यज्यूहरुलाई आफ्नो ऋणको सावाँ तथा व्याज भुक्तानीमा सदाशयता देखाउन भई संस्थालाई सहयोग गर्न हुन विनम्र अनुरोध गरिन्छ ।

 धन्यबाद ।

लिलाराज पाठक

अध्यक्ष                                                           

कोरोनाको संक्रमणवाट ,आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।