Counter Opening Asadh 06, 2078
सम्पूर्ण सदस्यमहानुभावहरुलाई अत्यन्त जरुरी सूचना
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बैशाख १६ देखि जारी निषेधाज्ञा २०७८ आषाढ ८ गते मंगलबार बाट जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो पार्ने जिल्ला प्रशासन कार्यलयको निर्णयानुसार यस संस्थाको कार्यालय पनि देहाय बमोजिम संचालन हुने ब्यहोरा सम्पूर्ण सदस्यमहानुभावहरुलाइ सूचित गरिन्छ ।
१. यस संस्थाको कार्यालय सार्वजनिक बिदा बाहेक आईतवार देखि बिहिबार बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म र शुक्रबार बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म खुल्ला रहने छ ।
२. २०७८ आषाढ ८ गते देखि बजार प्रतिनिधिहरुले तपाईहरुको घर तथा पसलहरु वाट दैनिक रकम संकलन गर्न सुरु गरी सक्नु भएकोले स्वास्थ्यको मापदण्ड पालना गरी सहयोग गरी दिन हुन अनुरोध गरिन्छ ।
३. ऋणी सदस्यज्यूहरुको लागि निषेधाज्ञा अवधिभरको संस्थाले प्रदान गर्ने ब्याज तथा हर्जना छुट सुविधाकोे लाभ, संस्थाको कार्यलयमा सम्पर्क गरी उठाउन हुन सम्वन्धीत सवैलाई अनुरोध गरिन्छ ।
४. आषाढ मसान्त संस्थाको वार्षिक क्लोजिङ्गको समय समेत भएकाले विशेषत ऋणी सदस्यज्यूहरुलाई आफ्नो ऋणको सावाँ तथा व्याज भुक्तानीमा सदाशयता देखाउन भई संस्थालाई सहयोग गर्न हुन विनम्र अनुरोध गरिन्छ ।
धन्यबाद ।
लिलाराज पाठक
अध्यक्ष
कोरोनाको संक्रमणवाट ,आफू पनि बचौं र अरुलाई पनि बचाऔं
।
